How to Register IMEI Number of your smartphone in Nepal ?


How to find IMEI number of your smartphone
How to find IMEI number of your smartphone

मोबाइल ह्याण्डसेटको प्रयोग तथा बिक्रि वितरणलाई थप व्यवस्थित तथा नियमित गर्ने सम्वन्धमा यस प्राधिकरणबाट मिति २०७३|१|१ देखि लागू हुनेगरी मोबाइल ह्याण्डसेटको पहिचान हुने नम्बर IMEI/ESN/MEID (Unique Identifier) अनिवार्य रुपमा दर्ता गर्नुपर्ने गरी व्यवस्था मिलाइएको छ | सर्वसाधारणले व्यक्तिगत प्रयोजनको लागि विदेशबाट आयात गरिने मोबाइल ह्याण्डसेटको IMEI/ESN/MEIDदर्ता गर्ने सम्वन्धमा देहाय बमोजिम जानकारीका लागि यो सूचना प्रकाशित गरी स्पष्ट गरिएको छ |

देहाय:

१.    व्यक्तिगत प्रयोजनको लागि विदेशबाट मोबाइल ह्याण्डसेट आयात गर्दा प्राधिकरणबाट लागू गरिएको NEIR सम्वन्धी अन्तरिमनिर्देशिकाकोAnnex-2 बमोजिमको ढाँचामा निवेदन र नागरिकता वा अन्य कुनै परिचयपत्रको प्रतिलिपी यस प्राधिकरणमा पेश गरी मोबाइल ह्याण्डसेटको IMEI/ESN/MEIDदर्ता गर्न सकिने छ |

२.    उक्त अन्तरिम निर्देशिका तथा निवेदनको ढाँचा प्राधिकरणको वेबसाइट http:/www.nta.gov.np मा उपलव्ध छ |

३.    सर्वसाधारणहरुको सहजताको लागि आवेदकले मोबाइल ह्याण्डसेटको IMEI/ESN/MEIDदर्ता गर्न आवेदन फारम भरी प्राधिकरणको इमेल ठेगाना eir@nta.gov.np मा पनि पठाई दर्ता गर्न सकिने व्यवस्था समेत मिलाइएको छ |

download
How to find IMEI number of your smartphone

 

निवेदनको ढांचाहरु:

Format of Application to Register IMEI/ESN/IMEI 2.docx

Format request to track/block the mobile handset3.docx

Source: NTA Website 

Leave a comment